स्थानीय सरकार गठन भयो । घरघरमा सिंहदरबार पनि आयो भनेर हल्ला गरियो । तर दरबार नआएपनि कतैकतै भने सिंह चाही आएको छ । स्थानीय तहको निर्वाचन र स्थानीय तहमा जनप्रतिनिधि आएसंगै विकृतिको चाङ्ग पनि लाग्दैछन् । यस्तै विकृतिको नमुना बाराको कलैयामा देखिएको छ । हुनत यो कुरामा स्थानीय निकाय कम दोषि पनि होलान र समन्वयको काम भने उसैको हो ।

कलैयामा रहेको एक विद्यालयमा मेलाको आयोजना र नृत्य प्रदर्शन गर्नका लागि विद्यालय बन्द गरिएको छ । र सबै भन्दा आपत्तिको कुरा त सो विद्यालयको प्रङ्गणमा अश्लील नृत्य प्रदर्शन गरिएको छ । विद्यालयमा परीक्षा रोकेर अश्लिल कार्य हुनु अशोभनीय कार्य हो । कलिला बालबालिकाले शिक्षा÷दिक्षा लिने विद्यालय नै बन्द गरेर अश्लिल नृत्य प्रदर्शन गरिनुले सभ्य नागरिकको निम्ति शीर निहुराउने कार्य भएको छ त्यहाँ ।

 

‘विद्यालय शान्ति क्षेत्र’ भनेर नारा लगाउन थालिएको पनि धेरै समय भइसक्यो । तर यसको मार्मअनुसार अहिलेसम्म कसैले पनि काम गरेका छैनन । राजनीतिक दलका कायक्रम, बिबाह ब्रतवन्ध, मेला र हुदाहुदै अब त नाचँगान र मनोरञ्जनको थलो पनि विद्यालयलाई नै बनाउन थालिएको छ । विद्यालयमा हुने यस्ता कार्यले पठन पाठन कार्य त अवरुद्ध बनाउने नै छ । त्यसबाहेक अश्लिल कार्यले सामाजिक मर्यादा पनि आँच पुर्याउन सक्छ । अनावश्यक कार्यमा विद्यालय बन्द गरेर विद्यार्थीहरुको शिक्षा लिन पाउने अधिकारमाथि अंकुश लगाउनु आफैमा आपत्तिजनक कुरा हो ।

विद्यालय केवल शिक्षा लिने स्थानमात्रै हो । त्यहाँ पढाइभन्दा बाहेक अरु कुनै कार्य गर्न बर्जित छ । चाहे विद्यालय व्यवस्थापन समितिको नाउमा होस वा गाउँका अभिभावकहरुको नाममा नै किन नहोस विद्यालयमा त्यस्ता अवाच्छित कार्य गर्न मिल्दैन । जसको नामा भउको भएपनि उक्त कार्य आपत्तिजनक र निन्दनीय छ । त्यसैले पनि यस्तो गज्जबको जात्रा अब सदाका लागि बन्द गर्न आवश्यक छ ।

 

Leave a Reply