कोल्हबी,बाराको कोल्हबी नगरपालिका ३ जुअवामा जारी प्रथम समृद्ध कपको उपाधी आयोजक समृद्ध नेपाल क्लबले हात पारेको छ ।मंगलवार भएको फाइनल खेलमा समृद्ध नेपाल क्लब जुअवाले त्रिशूल युवा क्लब बकुलियालाई ३÷१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । विजयी समृद्ध नेपाल क्लबले नगद रु ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता त्रिशुल युवा क्लबले नगद रु २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा आयोजक क्लबका सागर चौधरी म्यान अफ दि म्याच घोषित हुनुभएको थियो ।
आयोजक क्लबका अध्यक्ष नागमणी चौधरीको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथिमा कोल्हबी नगरपालिकाको मेयर रामप्रसाद चौधरी रहनुभएको थियोे । त्यस्तै विशिष्ठ अतिथिहरुमा कोल्हबी नगरपालिकाकी उपमेयर लक्ष्मीकुमारी चौधरी, वडा नम्बर ३ का अध्यक्ष किशुनदयाल चौधरी, वडा नम्बर ४ का अध्यक्ष विष्णु मैनाली लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा जहजकर्ता एवम् शान्ति वृद्धा फाउन्डेसनका अध्यक्ष प्रेमनारायण चौधरी, ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाकी संरक्षक रिता चौधरी, समाजसेवी हरिनारायण चौधरी, ईलाका प्रहरी कोल्हबीका प्रमुख किशन बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण कर्णवीर चौधरीले गर्नुभएको थियो ।


















