बिदुर खडका,

डुमरवाना,नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा बाराले बाराको जीतपुरमा आयोजना गरेको भेलाका सहभागीहरुले दलित÷दलितबीचको भेदभाब अन्त्य नभएसंम्म जातिय विभेद अन्त्य नहुने बताएका छन ।

भेलाका सहभागीहरुले चेतना र विकासको अग्रस्थानमा रहेको मानिएको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका दलित बस्तिमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली बत्ति र पिउने पानीको यथोचित व्यवस्था नभएको, धार्मिक स्थलहरुमा दलित र गैरदलितबीच चरम विभेदको अवस्था रहेको सहभागीहरुले गुनासो गरेका थिए ।

मोर्चाले भेलाबाट बाराका १६ वटा पालिकाहरुमा एक÷एक जना संयोजक तोकेको छ । जातीय विभेद न्यूनीकरणको लागि पालिका संयोजकहरुले स्थानीय स्तरमा दलित र गैरदलितबीचको विभेद अन्त्य गर्न सहयोग पुग्ने गरी चेतनामूलक कार्यक्रम संचालन गर्ने, दलित बस्तिमा विकास निमार्ण तथा विभिन्न समुदायका दलितबीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेकोे मुक्ति मोर्चाका बारा जिल्ला संयोजक राजदेब पासवानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here