निजगढ,नेपाली काङ्ग्रेस निजगढ नगरपालिका वडा नम्बर २ का वडा उपसभापति तथा स्थानीय सुखशितल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुरुषोत्तम खुलाल (गोकुल) नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी बुधबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
खुलाललाई नेकपा एमाले बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अच्युत मैनाली र एमालेका नेता एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललगायतका नेताहरूले खादा र अवीर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

सिंगौलमा भएको कार्यक्रममा नेकपा एमाले मधेस प्रदेस कमिटी सदस्य सुदर्शन कोइराला, एमाले निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, निजगढ नगर कमिटी अध्यक्ष तिलक घलान, एमाले नेता एकबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष केशव ढोडारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै नेताहरूले खुलालको प्रवेशले निजगढ क्षेत्रमा एमालेको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । खुलालले पनि एमालेको नीति, सिद्धान्त र नेतृत्वबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताउनुभएको थियो ।

Leave a Reply