नेपालमा दसैं र तिहार सकिएपछि नेपालकै सांस्कृतिक प्रदेश मिथिलामा भने तिहारको लगत्तै छठी पर्वको चटारो सुरु हुन्छ । यद्यपि केही दशक अघिसम्म मिथिला क्षेत्रमा मात्र सिमित छठी पर्व आजको दिनमा समस्त हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्वको रूपमा स्थापित भइसकेको छ ।
यतिमात्र नभई मिथिलालाई आ–आफ्नो भूभागमा बाँडेका दुई स्वतन्त्र देश भारत र नेपालको यो राष्ट्रिय पर्वसमेत बनिसकेको छ । खासगरी नेपालको कुरा गर्ने हो भने आजको दिनमा छठी पर्वको नामबाट कुनै पनि नेपाली अनभिज्ञ छैनन् ।
सरकारले यस दिनमा सार्वजनिक विदा दिन थालेबाट मात्र नभई संघीय राजधानी काठमाडौंमा मिथिलावासीहरूले यो पर्व मनाउन सुरु गर्नुले विशेष भूमिका निर्वाह गरेको छ ।विगतमा तराई विकास समाज, तराई सांस्कृतिक प्रतिष्ठान लगायतका संस्थाहरूले गएको दुई दशकदेखि काठमाडौं उपत्यकामा छठी पर्वका लागि सहज वातावरण बनाई आयोजना गर्ने विभिन्न कार्यक्रमले पनि मद्दत पु¥यायो । जनयुद्धताका आवागमन कष्टकर हुँदै गएपछि काठमाडौं उपत्यकामा बस्ने मिथिलावासीहरूले राजधानीमै छठी मनाउन थाल्नुले पनि यसको विस्तृतिलाई मलजल ग¥यो ।
छठी पर्वको प्रारम्भ कहिलेदेखि भएको हो भन्ने कुराको कुनै प्रामाणिक आधार उपलब्ध छैन । यदि यसको महत्व तराई मधेसमा मात्र नभइ देशभर नै पछिल्ला दिना बढ्दै गइरहेको छ । गएको मंगलवारबाट नै शुरु भएको छठ शुक्रवार उदाउदो सूर्यलाई अर्घ दिएर बिदाइ गरिन्छ । बुधवार अस्ताउदो सूर्यलाई अर्घ दिएर आफ्नो मनोकामना पूरा होस् भनेर छठीमाईसंग कामना गर्ने प्रचलन छ । नेपाली सांस्कृतिक महत्व झल्कने पवित्र पर्व छठको अवसरमा हामी हाम्रा सम्पूर्ण पाठकबृन्दमा हार्दिक मंगलमय शुुभकामना व्यक्त गर्दै छठीमाईले सबैको रक्षा गरुन् ।

Leave a Reply