वीरगंज, १९ साउन– पर्सामा आजबाट जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिएर संक्रमितको व्यवस्थापनमा समस्या उत्पन्न भएपछि प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको पालना गर्ने काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभएको छ ।

यसअघि साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिकाभित्र मात्रै निषेधाज्ञा जारी गरिएकोमा पछिल्लो परिस्थितिको विश्लेषण गर्दै जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

Leave a Reply