लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ । उनी यूकेमा सबैभन्दा लामो समय ७० वर्षसम्म गद्दीसीन थिइन् ।

उनको निधनपश्चात उनका जेठा छोरा ७३ वर्षीय चार्ल्स तृतीय राजा बनेका छन् । उनी ब्रिटेन लगायत १४ वटा राष्ट्रको राष्ट्रप्रमुख बन्ने छन् । उनी ‘किङ चार्ल्स तृतीय’का नामले परिचित हुने छन् ।

राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भने, ’हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौं । मलाई थाहा छ उनको अभाव देशभर र राष्ट्रमण्डलका देशहरूमा पनि अनुभव गरिने छ । साथै संसारभरीका अनगिन्ती मानिसहरूले उनको अभाव महसुस गर्नेछन् ।’

आमाको मृत्युपश्चात चार्लस तृतीयले विज्ञप्ति जारी गर्दै, ’हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौं । मलाई थाहा छ उनको अभाव ब्रिटेन र राष्ट्रमण्डलका देशमा पनि अनुभव गरिने छ । साथै संसारभरीका अनगिन्ती मानिसहरूले उनको अभाव महसुस गर्नेछन् ।’
चार्ल्सले आफ्नो नाम चार्ल्स, फिलिप, आर्थर र जर्जबाट कुनै एक छान्न पाउँथे । उनले आफ्नो नाम ‘किङ चार्ल्स तृतीय’ रहने निर्णय गरेका हुन् । उनलाई आधिकारिक रुपमा शनिबार राजा घोषणा गरिने सञ्चारमाध्यममा जानकारी दिइएको छ ।
लन्डनको सेन्ट जेम्स प्यालेसमा करिब ७०० जना सहभागीका साथ एक समारोहबीच उनलाई राजा घोषण गरिने भएको हो । सो समारोहमा हुने पहिलो बैठकमा लर्ड प्रेसिडेन्ट अफ दी प्रिभी काउन्सिलले महारानी एलिजाबेथको निधनको घोषणा गर्नेछ र त्यसमा प्रधानमन्त्री लिज ट्रस लगायतले हस्ताक्षर गर्नेछन् ।

दोस्रो बैठकमा नयाँ राजाले चर्च अफ स्कटल्याण्डको संरक्षण गर्ने घोषणा गर्नेछन् र चार्ल्सलाईब्रिटेनको नयाँ राजा घोषणा गरिनेछ ।

महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेकी थिइन् । महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा मात्र ब्रिटेनमा १५ जना प्रधानमन्त्री भएका छन् । सन् १८७४ मा जन्मेका विन्स्टन चर्चीलदेखि लिएर त्यसको १०१ वर्ष पछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रससम्म उनकै कालमा भएका प्रम हुन् । बीबीसी

Leave a Reply