नेपाली काँग्रेस मुलुककै सबैभन्दा ठूलो पार्टी हो ।ठूलो मात्रै होइन,यो लोकतान्त्रिक पार्टी पनि हो । काँग्रेसीहरुकै भनाइलाई आधार बनाउने हो भने काँग्रेस कम्यूनिष्ट जस्तो पार्टी होइन । अथवा यो पार्टीमा जनवादी केन्द्रियता भन्ने शब्द प्रयोग हुन्न । तर,यस्तो लोकतान्त्रिक पार्टीभित्र पनि बेला बेलामा तनाब भएको देखिन्छ । पर्साको वीरगन्जमा बुधबार बिहानै यस्तै एउटा घटना सडकमै देखियो । पार्टीभित्र राजनीतिक भन्दा पनि फरक धारका ब्यक्तिहरुको हालीमुहाली बढेपछि पनि पार्टीमा अराजकता बढ्दै जाने कुरा बुधबारको घटनाले स्पष्ट पार्दछ ।
काँग्रेस वीरगन्जका सभापति भोला साह र प्रदेश सभाका सदस्य ओमप्रकाश शर्माबीच भएको कुटाकुटले फेरि एक पटक पर्साका इमान्दार काँग्रेसी कार्यकर्ताहरुको मन कुडिएको छ । पार्टीमा अनुशासन र लगाब कम भएको कुरा यसले स्पष्ट पारेको छ । सडक किनारमा यसरी उनीहरुबीचमा कुटाकुट हुँदा यसले काँग्रेसको राजनीतिमाथि नै प्रश्न चिनह खडा गरिदिएको छ ।
वास्तवमा यी दुई फरक धारमा काँग्रेसमा प्रवेश गरेका ब्यक्ति हुन् । एकजना उधोगी र अर्का ब्यवसायी । जति आफ्नो पार्टीको बिषयमा एक इमान्दार कार्यकर्तालाई हुन्छ त्यसको तुलनामा पार्टीमा आगन्तुकहरुमा हुन्न । पर्सामा बुधबार भएको घटनाको परिणाम यही नै थियो ।यसले इमान्दार कार्यकर्ताहरुको भावनामा ठेस लागेको छ र अब काँग्रेसमा अनुशासन आवश्यक रहेको देखाएको छ ।