वीरगञ्ज – नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फाटेक आईटि मेला २०२० आज उद्घाटन भएको छ । क्यान महासंघ पर्साका अध्यक्ष दिपक शाहको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नेपालका प्रथम राष्ट्रपती डा. रामवरण यादवको प्रमुख आतिथ्य रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका पुर्वराष्ट्रपति यादवले यस २१ औ शताब्दीमा सुचना प्रविधि नभइ नहुने विषय बनेको बताएका थिए । नेपालमा सुचना प्रविधिको क्षेत्रमा क्यान महासंघले उल्लेख्य योग्दान पुर्याएकाले प्रशंसा गरेका थिए । नेपालले सुचना प्रविधिको क्षेत्रमा ठुलै फड्को मार्न नसकेपनि यस्ता खालका आईटि मेलाहरुले नेपालमा सुचना प्रविधिको विकासमा टेवा पुग्ने बताएका थिए । मेलाको उद्घाटन डिजीटल प्रविधीबाट रोबोटका माध्यमले रिबन काटेर गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रमर्मा क्यान महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवर, क्यान महासंघ का निर्वतमान अध्यक्ष हेमन्त चौरसिया, क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोक चौरसिया, क्यान महासंघका पुर्वमहासचिव पंकज जलान, वीरगञ्ज महानगरपालिका शिक्षा प्रशासन महाशाखा अध्यक्ष अरविन्द लाल कर्ण,भारतीय दुतावास वीरगञ्जका नितेश कुमार, प्रभुपेका विजय अधिकारी लगायत क्यान महासंघका केन्द्रिय सदस्य तथा प्रदेश २ का जिल्ला अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

आजबाट प्रारम्भ भएको आईटि मेला आगामी १३ गतेसम्म वीरगञ्जस्थित नगर सभागृहमा जारी रहनेछ । मेलामा सुचना प्रविधीसँग सम्बन्धीत ६० भन्दा बढी स्टलहरु राखिएको छ । रोबोट वार, साँस्कृतिक प्रस्तुती तथा आईटि सम्मेलन मेलाको मुख्य आकर्षणको रुपमा रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here