आर.के.चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकाले हिन्दु महिलाहरुको प्रमुख पर्व जितिया पर्वको उपलक्ष्यमा कुस्ती प्रतियोगिता आयोजना गरेको छ । हरेक बर्ष कुस्ती जितिया पर्वको भोलिपल्ट कुस्ति प्रतियोगिता आयोजना गर्दै आएको गाउँपालिकाले यो वर्ष पनि बिहीबार प्रतियोगिता आयोजना गरेको हो ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ को औराँहा पंचगावाको खुला मैदानमा मेला लगाएर प्रतियोगिता आयोजना गरिएको हो । वडा नम्बर २ का वडा अध्यक्ष नियाज अहमदको अध्यक्षतामा भएको कुस्ती र मेला कार्यक्रमको प्रमुख अतिथिमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल रहेनुभएको थियो भने विशिष्ठ अतिथिमा गाउँपालिका उपाध्यक्ष फुलमती देवी थरुनी, गाउँपाकिलाकाका प्रमुख प्रशासकीय अधिकृत भोजेन्द्रकुमार चौधरी र अतिथिहरुमा वडा नम्बर १ का अध्यक्ष बिशवनाथ पटवारी थारु, वडा नम्बर ३ सदस्य मो. सलिम अन्सारी, वडा ४ अध्यक्ष जुमन मिया, वडा ५ का अध्यक्ष रुपलाल यादव र वडा ६ का अध्यक्ष लालबहादुर यादव, नेकपा एमालेका युवा नेता जसवन्त यादव, गाउापाकिलका समजिक बिकाश शाखा प्रमुख बिनोद यादव, प्रविधिक शाखाका ई. रामबाबु साह, ईलाका प्रहरी कार्यालय एकटङ्गाका प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र साह र सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट आएका पहलवानहरु सहभागी रहेका थिए । गाउँपालिका अध्यक्ष जयसवालले पहलवानहरुलाई फूलमाला र टीका लगाएर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको अवसरमा लागेको मेलामा व्यापारिक र मनोरञ्जनका स्टलहरु राखिएको थियो । कुस्ती र मेलाको अवलोकन गर्न गाउँपालिकाका विभिन्न टोलबाट हजारौंको संख्यामा सर्वसाधारण उपस्थिति भएका थिए । मेला समितिका अध्यक्ष शम्भु यादव (जय भोले) को नेतृत्वमा आयोजना कुस्ति–मेलाको आयोजना गरिएको हो ।