हेटौंडा । प्रदेश नम्बर–३ सरकारले पर्यटन प्रवर्दन तर्फ चालु आर्थिक वर्षका लागि एक अर्व ६५ करोड रुपैयाँ वरावरको काम गर्न लागेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन आयोजना मार्फत काम गर्न लागिएको हो ।

 

 

 

 

बिषेशगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर महत्वपूर्ण कार्यक्रम गर्न लागिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो । पर्यटकीय क्षेत्रको प्रचार प्रसारका काम संगै चालु आर्थिक वर्षमा ३ वटा हिल स्टेशन निर्माण गर्ने र अरु चार वटा हिल स्टेशन निर्माण गर्ने तयारी रहेको मन्त्रीका निजी सचिव नवराज पुणासैनीले जानकारी दिनुभयो ।

 

 

 

 

 

यसैगरी मन्त्रालयले १३ वटा पर्यटन ग्राम निर्माण गर्ने, १० वटा पर्यटकिय गन्तव्यका रुपमा काम गर्ने तयारी पनि गरिएको छ । पर्यटन प्रवर्दनको काम तल्लो स्तर सम्म पनि गर्दै लग्ने तयारी गरिएको मन्त्री नेपालले वताउनुभयो । मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै भ्रमण वर्षका अवसरमा गरिने एक दर्जन कार्यक्रमको तालिका पनि आज सार्वजनिक गरेको छ । अग्रेजी नयाँ वर्ष सुरु भएकै दिनमा काठमाण्डौको ठमेल र चितवनको सौराहामा भव्य कार्यक्रम गरिने मन्त्री नेपालले वताउनुभयो ।

 

 

 

 

 

 

कुनैपनि देशबाट भित्रीएका पर्यटक प्रदेश नम्बर ३ का महत्वपूर्ण स्थानमा घुम्ने त्यसपछी मात्र अन्य प्रदेशमा जान सकिने उहाँले वताउनुभयो । आगामी एक दशक पर्यटन पूर्वाधार निर्माणका लागि लागिएको प्रदेश सरकारले जनाएको छ । कार्यक्रममा प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम कुमार वस्नेत, मन्त्रालयका सचिव शिव वाग्ले लगायतकाको सहभागिता रहेको थियो । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा मन्त्रालयले गर्न लागिएका कार्यक्रमहरु यस प्रकार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here