सिमरा,क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप फूटबल प्रतियोगिता मंगलवारदेखि सुरु भएको छ । सिमरा रंगशालामा बिहान ८ बजे भएको पहिलो खेलमा युनाईटेड भेट्रान क्लब हेटौंडा विजयी भएको छ ।हेटौंडाले सिमरा भेट्रानलाई २–१ ले पराजित गरेको हो । यसैगरी बिहान १० बजेपछि भएको दोस्रो खेलमा डुमरवाना भेट्रानले सर्लाही भेट्रानलाई टाईब्रेकरमा २–१ ले पराजित गरेको छ ।निर्धारित समयमा दुवै टिमले गालरहित बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । टाईब्रेकरमा डुमरवानाका लागि राजन उप्रेती र सुवास कार्कीले गोल गरे ।सर्लाहीका लागि भने निलबहादुर राईको प्रहारले जाली चुम्दा प्रविण राईको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । यसैगरी चन्द्रबहादुर स्याङ्तानको प्रहार डुमरवानाका गोलरक्षक प्रकाश भट्टले बचाउ गरेका थिए ।

Leave a Reply