कृष्ण मोहन साह

सेढवा,असोज १२,पर्साको ठोरी ४, विजयवस्तीमा जारी समाजसेवी स्व. राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकपको चौथो दिन मङगलबारको खेलमा वनशक्ती क्लब ठोरी २ विजयी भएको छ । उसले भक्तपुर एफसीलाई १(० गोल अन्तरले पराजित गरेको हो।

प्रतिस्पर्धात्मक खेलको मध्यान्तर अघि भक्तपुरको डिफेन्डरले गोल पोस्ट नजिकै ह्यान्डबल गर्दा ठोरीले पेनाल्टी पाएको थियो। पेनाल्टी प्रहार मार्फत ठोरीका कृष्ण शाक्यले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको सम्पुर्ण अवधिभर भक्तपुरले ठोरीलाई दबाबमा राखेर खेलेको थियो। उसले पटकपटक गोल गर्ने प्रयास गरेको भएपनि कुनैपनि प्रयास सफल हुन सकेन र पहिलो चरणबाट नै बाहिरियो ।
आजको खेलमा भक्तपुरका जम्मे धामी म्यान अफ द म्याच घोषित भए।
भोलीको खेल हेटौंडा फूटबल क्लब , हेटौंडा र निर्मल समाज युवा क्लब ठोरी (४ बीच हुने आयोजकले जनाएको छ । विजयवस्ती खेल मैदानमा असोज २८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको बिजेताले नगद रु २ लाख सहित ट्रफी र उपबिजेताले नगद रु १ लाख सहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here