बाराको गढीमाई मेला यस पटक अलि फरक नै भयो । अन्य हिसावले भन्दा पनि कृषिका दृष्टिकोणबाट भने केही फाइदा पनि भएको हुनुपर्दछ ।मेलामा आयोजना गरिएको कृषि प्रदर्शनी सोमवार सकिएको छ । सोमवार सकिएको प्रदर्शनीबाट कमाई पनि राम्रो भएको मान्न सकिन्छ । यो कमाई कृषक समक्ष कति पुग्यो भन्ने कुरा त फरक होला तर दश करोडको कारोबार भनेको त्यो सकारात्मक कुरा हो । यसबाट मेलाले कृषि क्षेत्रको प्रवद्र्धन गरेको मान्न सकिन्छ ।
एक त मेलामा कृषिको प्रदर्शनी हुनु नै सकारात्मक कुरा हो । कृषि पेसामा रहेका बाराका अधिकांश नागरिकहरुले यसबाट पक्कै फाइदा लिएको पनि हुनु पर्दछ । त्यसो त यो प्रदशनीबाट केवल बाराका कृषकहरुले मात्र फाइदा लिने भन्ने त हुदैन नै । मध्य तराईका अन्य कृषकहरुले पनि फाइदा लिएका छन् र आम उपभोक्ताहरुलाई पनि त फाइदा नै भएको छ । कृषिका कुरा मेलामा पाउनु पनि फाइदा नै हो ।
भन्ने बेलामा मात्रै कृषिको कुरा गरेर हुन्न । यसरी व्यवहारमा नै कृषकहरुको उत्थान गर्न आवश्यक छ । कृषकको उत्थान भयो भने न देशको उत्थान हुने हो । बारा जिल्ला यसैपनि कृषिमा अगाडि रहेको जिल्ला हो । यो जिल्लाबाट उत्पादन भएका कयौं कृषिजन्य उत्पादनहरु देशभर पुग्ने पनि गरेका छन् र यस पटकको मेलामा कृषिको प्रदर्शनी राखिनु र कारोबार पनि राम्रो हुनु सकारात्मक कुरा हो ।
















