कृष्णमोहन साह
सेढवा,पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट वन गस्ती टोलीले शनिवार राती काठसहित मोटरसाइकल बरामद गरेको छ ।
गढीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दी र सब डिभिजन वन कार्यालय बसन्तपुरका रेन्जर बिजय यादवको नेतृत्वको गस्ती टोलीले राति करिब २ बजेको समयमा काठसहित मोटरसाइकल बरामद गरेको हो ।

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटा गाउँ नजिकबाट बा ८५ प ५६६८ नम्बरको मोटरसाइकलमा लोड गरिएको सालको गोलियासहित मोटरसाइकल बरामद गरिएको डिभिजन वन कार्यालय वीरगञ्जका डिभिजन वन अधिकृत मन्जुर अहमदले जानकारी दिनुभयो ।

सोहि टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ५ मा पर्ने भलुवाही खोलामा बालुवा उत्खनन गरिरहेको अवस्थामा एउटा ट्याक्टर पनि बरामद गरेको अधिकृत अहमदले जानकारी दिनुभयो ।बरामद गरिएको काठ सहित मोटरसाइकल र बालुवा सहित ट्याक्टरलाई आवश्यक कारबाहीको लागि सब डिभिजन पन कार्यालय बसन्तपुरमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भरहेको वन कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply