कृष्ण मोहन साह

सेढवा,समाजसेवी स्व. रामबहादुर श्रेष्ठ दोश्रो गोल्डकप २०७८ को दोश्रो दिनको आइतबार भएको खेलमा महावीर युवा स्पोर्ट्स क्लब गम्हरीया ट्राइब्रेकरमा ३–२ गोल अन्तरले बिजयी भएको छ ।

अन्त्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गम्हरियाका का राधेश्याम उरावले गोल गर्दै टीम गम्हरीयालाई अग्रता दिलाएका थिए । दोश्रो हाफको अन्तिम समयमा टीम पिप्ले चितवनका रितिक रिजालले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए ।

त्यसपछि सिधै ट्राइब्रेकरमा गएको खेलमा दुबै टीमले २–२ को बराबरी सुट हानेपछि खेल थप रोमाञ्चक बनेको थियो । सडेन डेथमा गम्भरियाका खेलाडीले गरेको प्रहार गोलमा परिणत भएपछि महावीर क्लब ३–२ ले बिजयी बनेको हो ।

 

खेलमा महावीर युवा स्पोर्ट्स क्लबका गोलकिपर मोहन खड्का म्यान अफ द म्याच घोषित भएका थिए । खड्कालाई कार्यक्रमका प्रमुख अतिथि ठोरी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष बहीबहादुर पाख्रिनले ट्रफी प्रदान गरेका थिए । सोमबार वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र हिमाल युवा क्लब निजगढबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here