राजन कुमार बानिया
पोखरिया – पर्सा प्रहरीले अबैध रुपमा संचालन हुदै आएको मदिरा भट्टी भतकाउनुको साथै मदिरा बनाउने कच्चा पदार्थ र तयारी मदिरा नियन्त्रण लिएर नष्ट गरेको छ l गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरबाट संयुक्त रुपमा खटेको प्रहरीको टोलीले पर्सा जिल्लाको बिभिन्न स्थानमा संचालन गरिएको अबैध मदिरा भट्टी भत्काउनु को साथै ३० लीटर मदिरा बनाउनमा प्रगोग गर्ने कच्चा पदार्थ र १८०० लीटर तयारी मदिरा बरामद गरेको पर्सा प्रहरीले जनाएको छ l
यसै गरी मदिरा उत्पादन गर्ने मेसिन ३ थान र भाडाकुडा समेत नियन्त्रणमा लिएको होबरामद गरिएको काच्चा पदार्थ सहित तयारी मदिरा र भाड़ाकूड़ा तथा मेसिनलाइ प्रहरीले स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जनाएको छ ।