पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा रहेको संगालो बचत तथा ऋण सहकारी संस्थाको बाह्र्रौ बार्षिक साधारणसभा शनिवार सिमरास्थित थानिमाई पार्कमा सम्पन्न भएको छ ।बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुरले सभाको उद्धाटन गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनु भएका संघका अध्यक्ष ठाकुरले सिमराका शिक्षित युवाहरुले १२ वर्षअघि स्थापना गरेको सहकारी छोटो समयमै स्थापित बनेको बताउनुभयो ।सहकारी संस्थाहरु नीति, विधि र सदस्य केन्द्रीत भएर संचालन हुँदा सहकारी र त्यसका सदस्यको प्रगति हुने उहाँले बताउनुभयो ।यस्तै जीतपुरसिमरा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख सुदन चौधरीले अन्यत्र सहकारी क्षत्रमा धेरैखाले समस्या देखिएपनि जीतपुरसिमरा क्षेत्रमा भने कुनै समस्या नरहेको बताउनुभयो ।सदस्यको सुविधा र सेवालाई प्राथमिकता दिन सक्दा यहाँका सहकारीहरुमा समस्या नभएको उहाँको भनाइ थियो । आगामी दिनहरुमा समेत समस्या उत्पन्न नहोस भन्ने ढंगले उपमहानगरले काम गरिहेको उहाँले बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका सचिव मणिन्द्रनाथ शर्मा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर कार्की, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख सुरेश लागे, हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष यज्ञबहादुर आले, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद रिमाल लगायतले बोल्नुभएको थियो ।१ करोड ९० लाख ९६ हजार ६ सय शेयर पूँजी, ७ करोड ७५ लाख ८७ हजार ३८८ रुपैंया निक्षेप रहेको संस्थामा ३६६ जना शेयर सदस्य छन् । आर्थीक वर्ष २०७९÷०८० मा ११ करोड ६५ लाख १५ हजार रुपैंयाको कारोबार गर्दै आएको संस्थाले ५५ लाख २५ हजार ५६४ रुपैंया खुद मुनाफा गरेको छ ।संस्थामा आवद्ध भएर उत्कृष्ट कारोबार गर्ने ४ जनालाई सभाको अवसरमा संस्थाले सम्मान समेत गरेको छ ।संस्थाका अध्यक्ष सालिकराम अधिकारीले सभामा पेश गर्नुभएको संस्थागत, लेखा सुपरीवेक्षण समितिका कार्यवाहक संयोजक श्यामबाबु थापा र समितिका कोषाध्यक्ष निराजन थापाले प्रस्तुत गर्नुभएको लेखापरीक्षण प्रतिवेदन सभाले अनुमोदन गरेको छ ।कार्यक्रम संस्थाको संचालक समितिका सचिव रत्न उप्रेतीको संचालनमा सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here