अबैध घरेलु मदिरा प्रहरी बरामद गरी नष्ट गर्दै ।
नरेश गुप्ता
बरियारपुर – बारामा अबैध  रुपमा संचालन रहेको  घरेलु मदिरा भट्टी  प्रहरीले  नष्ट गरेको छ । जिल्ला  प्रहरी  कार्यलय बाराको प्रहरी  निरीक्षक  प्रशान्त श्रेष्ठको कमाण्डमा रहेको प्रहरीको टोलिले  कलैया उपमहानगरपालिका ८ बरेवामा संचालन रहेको अबैध  मदिरा भट्टि ६ वटा र कच्चापदार्थ  ७ हजार लिटर तथा तयारी मदिरा ५ लिटर  नष्ट गरेको  बाराको प्रहरी प्रवक्ता  गौतम  मिश्रले जानकारी दिनु भयो ।
त्यसैगरी प्रहरी चौकी गंन्जभवानिपुर बाट खटेको प्रहरीको टोलिले महागढीमाई नपा १० स्थित रहेको अबैध  २ वटा मदिरा भट्टि तथा कच्चापदार्थ  १ हजार लिटर नष्ट गरिएको जिल्ला  प्रहरी  कार्यलय बाराले जनाएको छ ।

Leave a Reply