धिरेन्द्र तिवारी –
कलैया,बारा क्षेत्र नम्बर ३ ‘२’ का प्रदेश सभा सदस्य महम्मद सरिले शनिवार मधेस प्रदेश सभाको बैठकमा सरकारलाई आफ्नो क्षेत्रको भौतिक विकासको अवस्थाको बारेमा ध्यानाकर्षण गराउनु भएको छ ।बैठकमा बोल्ने क्रममा उहाँले सर्वप्रथम प्रदेश सरकारलाई मधेस प्रदेश नामाकरण भइसक्दा पनि सरकारको लापरबाहीले विभिन्न कार्यालय तथा गत माघ २० गते प्रदेश सरकारको मन्त्रीहरुको सपथग्रहण गराएको लेटर प्याडमा प्रदेश नम्बर २ राखिएकोमा सचेत गराउँनुभयो । त्यस्ता विषयहरु सच्याउनका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।त्यस्तै प्रदेश सभा सदस्य समिरले सरकारलाई आफ्नो चुनावी क्षेत्रमा बिगत लामो समयदेखि ३ वटा संघीय सडक अलपत्र रहेकोमा प्रदेश सरकारलाई संघीय सरकारसँग सहकार्य गरेर उक्त सडकहरुलाई कालोपत्र गराउन ध्यानाकर्षण गराउनुभयो ।कलैया उपमहानगरपालिका नगरपालिकाको सितलपुरदेखि अवधापुर र वडा नम्बर २० बसतपुर र कलैया उपमहानगरपालिका वडा नम्बर १८ को मोतिसर देखि फेटा गाउँपालिकाको जगतपुर हुँदै फेटाबाजारसम्मको सडक लामो समयदेखि कालोपत्रे हुन नसकेको र त्यसका कारण घाम लाग्दा धुलो र वर्षातको समयमा हिलोमय हुँदा जनाताले सास्त भोग्नु परेको उहाँले जानकारी गराउनुभएको हो । त्यसैगरी उहाँले बाराको मट्टीअर्वा नाकामा रहेको भान्सा खुलाउनका लागि सरकारलाई ध्यानाकर्षण गराउनु भयो । साथै सशर्त अनुदानको बजेटको बारेमा जुनसुकै क्षेत्र अनुदानको रकम पठाउँदा सम्बन्धित माननीयसँग सहकार्य गरेर बजेट पठाउनका लागि प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।उहाँले बाराको प्रसिद्ध धार्मिक स्थल महागढिमाई मन्दिर र कलैयाको जानकी मन्दिर तथा सिम्रौनगढ नगरपालिकामा रहेको काङ्गकाली मन्दिरहरुलाई स्तरोन्नतिका लागि प्रदेश सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here