बारामा बुधबार विपत् व्यवस्थापनका लागि कार्यक्रम आयोजना गरिएको थियो । विपतको दृष्टिकोणले बारा जिल्ला पनि जोखिमयुक्त जिल्ला हो । जिल्लाबासीलाई बाढी, हुरी, शितलहर, आगलागी, महामारी रोग जस्ता प्राकृतिक मानव सृजित विपदले बेलाबेलामा सताउदै आएको छ । एकै खालको भूगोल नभएपछि बारा जिल्ला विपत्को सवालमा जोखिम हुनु स्वभाविक पनि हो । विपत्का धेरै प्रकार हुन्छन् । त्यसैले पनि विपत्का सवालमा हुने जोखिम स्थानीय स्तरमा लिइने नीतिमा भर पर्ने गर्दछ ।

तर बारामा आयोजित कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधिहरुकै उपस्थिति न्यून भएको कुरा आएको छ । जसका लागि नीति बनाइन्छ त्यही निकायको उपस्थिति भएन भने त यसको उपलब्धि पनि कम हुन्छ । अनि स्थानीय तहले लिने नीति पनि बिफल हुन्छ । बारामा भएको यस्तै पनि हो । अहिलेसम्म बारा जिल्ला विपत न्युनीकरण र नियन्त्रण गर्ने सवालमा पछाडि नै छ ।

स्थानीय स्तरहरुले नीति बनाउनु पर्ने अवस्थामा उनीहरुले नै यस्ता कार्यक्रममा खासै चासो दिँदैनन् भने कसरी विप्त व्यवस्थापन होला र खोइ ? स्थानीय तहका प्रमुखहरु नै कार्यक्रममा अनुपस्थित हुनुले कि त उनीहरुले कार्यक्रमको महत्व अझै बुझ्न नै सकेनन् कि त उनीहरु विपत् व्यवस्थापनका सवालमा जिम्मेवार छैनन् भन्ने नै देखिन्छ ।

 

Leave a Reply