नरेश गुप्ता

बरियारपुर,बारा जिल्लामा प्रहरीद्वारा चलाइने अभद्र व्यवहार सम्बन्धी मुद्दामा पीडित क्षतिपूर्ति नपाइ दोषिहरु भने धरौटीमा रिहा भएर उन्मुक्ति पाउदै आएका छन ।

जिल्ला प्रहरी कार्यलय बारामा सबैभन्दा बढी अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको देखिन्छ । समान्य कुटपिट, गालिगलौज, अंङ्गभंग, सवारी दुर्घटनामा घाइते सम्बन्धी मुद्दा पनि प्रहरीले अभद्र व्यवहार अन्र्तगत मुद्दा चलाउने गरेको छ । प्रहरीले पीडितहरुबाट सोही अनुसारको जाहेरी दिन लगाएर अभद्र व्यवहारमा मुद्दा दर्ता गर्ने गरेको हो ।

अपराध संहिता ऐन २०७४ बमोजिम अभद्र व्यवहार मुलुकी अपराध सहिता ११८ को १ बमोजिम दोषिलाई २५ दिनसम्म थुनामा राखी अनुसन्धान गर्ने र त्यसपछि जिल्ला प्रशासनद्वारा धरौटीमा छुटने गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यलय बाराले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अन्तिम किनारा लगाउन लामो समय लाग्ने गरेको कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७६÷०७७ मा अभद्र व्यवहारको ४ सय १९ वटा मुद्दा फर्छौट हुन बाँकी रहेका छन । फर्छौट बाँकी मुद्दालाई आर्थिक वर्ष ०७७÷०७८ मा सारिएको मुद्दा फाँटका अरुन साहले बताउनुभयो ।

आर्थिक वर्ष ०७७÷०७८ मा अभद्र व्यवहार सम्बन्धी २ सय ३ नयाँ मुद्दा दर्ता भएका छन । यसरी हेर्दा अभद्र व्यवहारमा जम्मा ६ सय २२ दर्ता रहेकोमा जम्मा ७२ मुद्दामात्र फर्छौटमा गएको जिल्ला प्रशासन कार्यलय बाराको तथ्यांकले देखाएको छ ।

प्रमुख जिल्ला अधिकारीले अभद्र व्यवहारको मुद्दा हेर्ने र पीडितलाई अन्तिममा क्षतिपूर्ति दिलाउने गरिएको भएपनि प्रमुख जिल्ला अधिकारीहरुले लामो समयसम्म मुद्दा पेसीमा नचढाउदा फैसला आउनु ढिलाइ हुने गरेको हो । प्रमुख जिल्ला अधिकारीहरुको छिटोछिटो हुने सरुवा र हेरफेरले पनि मुद्दा फर्छौटमा समस्या भएको पाइएको छ ।

एकातिर पीडितले लामो समयसम्म क्षतिपूर्तिको लागि प्रतीक्षामा रहनु पर्ने र अर्कोतर्फ दोषि चाहि धरौटीमा तुरुन्तै छुटेर जाने गरेको पीडितमध्येका एक परवानीपुर गाउँपालिका वडा नम्बर २ मुसहरी निवासी महेन्द्र साह कानुले बताउनुभयो । यस्ता मुद्दाको विषयमा पुराना मुद्दाहरुलाई चाडै अन्तिम टुङ्गोमा पुर्याइने प्रमुख जिल्ला कृष्णबहादुर कटुवालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here