कलैया,मालपोत कार्यालय कलैया बाराले सार्वजनिक बिदाको दिनमा पनि सेवा सञ्चालन गर्ने भएको छ ।सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर सार्वजनिक बिदाको दिन पनि भूमि सुधार तथा मालपोत कार्यालयको सेवा सञ्चालन हुने कार्यालयका निमित्त प्रमुख रामानन्द केशरीले जनकारी दिनुभयो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको बैशाख ३ गतेको निर्देशन पत्र अनुसार सार्वजनिक बिदाको दिन पनि कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको हो ।सार्वजनिक बिदाको दिनमा मालपोत कार्यालयसँग सम्बन्धित नामसारी माग निवेदनमा तोक दर्ता गरी सनाखत गराउने तथा हकछोड पत्र मजुरी निवेदनमा समेत सनाखत गराउने सेवा प्रवाह हुने गरिने कार्यालय प्रमुख केशरीले बताउनुभयो । यस्तै डोर माग भएको लिखत निवेदनमा सनाखत गर्ने, फिल्ड निरीक्षण, सर्जमिन, मुचुल्का गर्ने गराउने, लिखतको नक्कल÷मिसिलको नक्कल माग भएमा उपलब्ध गराउने सेवा प्रवाह गरिनेछ ।साथै एलआरआईएमएसबाट श्रेष्टाको नक्कल÷प्रतिलिपि उपलब्ध गराउने सेवाहरु सार्वजनिक बिदाका दिनमा पनि प्रवाह गरिने बताइएको छ । सरकारले विभिन्न चाडपर्वमा दिने सार्वजनिक बिदामा मालपोतको सेवा सञ्चालन हुने भएको हो ।

Leave a Reply