काठमाडौं, ५ असोज । जेन–जी आन्दोलनका घाइतेले हामी नेपालका संयोजक सुदन गुरुङलाई आन्दोलनको ‘लिडर हुँ’ भन्दै नहिँड्न चेतावनी दिएका छन्। आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाउन गएका घाइतेहरूले आक्रोशित हुँदै सुदनलाई यस्तो चेतावनी दिएका हुन्।

बिहानै गृहमन्त्री अर्याल भेट्न सिंहदरबारको गेटमा पुगेका घाइतेहरूले प्रवेश गर्न नदिएपछि धर्नामा बसेका थिए। त्यसपछि त्यहाँबाट उनलाई प्रहरीले गाडीमा राखेर गृह मन्त्रालय पु¥याएको थियो।

गृह मन्त्रालय पुगिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै घाइतेहरूले सुदन, एमाले नेता महेश बस्नेत र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि आक्रोश पोखेका छन्। साभार : नागरिक दैनिक

Leave a Reply