कृष्णउदास खनाल
वीरगन्ज,मुलुुकको प्रमुख वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा एक अर्बभन्दा बढीको सुर्ती आयात भएको छ ।वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो नाका भएर साउनदेखि माघसम्ममा एक अर्ब ११ करोड, ६७ लाख १५ हजार रुपैयाँ बरावरको सुर्ती आयात भएको हो । भारतसहित तेश्रो मुलुकबाट यो नाकाबाट उक्त परिणामको सुर्ती आयात भएको वीरगञ्ज भन्सारले जानकारी दिएको छ ।

यो अवधिमा वीरगञ्ज नाकाबाट २६ लाख क्वीन्टल सुर्ती समेत आयात भएको छ । यो परिणााम अघिल्लो आर्थिक जर्षको सोही अवधिको तुलनामा धेरै बढी हो । गत आर्थिक वर्षमा यही अवधिमा भने ८७ करोडको मात्रै सुर्ती आयात भएको वीरगञ्ज भन्सारको अभिलेखमा उल्लेख छ ।नेपाल सरकारले सुर्तीजन्य पदार्थको खुला बिक्री वितरणमा रोक लगाएको भएपनि सुर्तीको माग भने उच्च नै रहेको भन्सारको अभिलेखले देखाएको हो । नेपालमा संचालित चुरोटजन्य उद्योगहरु सहित सुर्ती सेवन गर्नेहरुको पनि संख्या बढेकाले पनि यसको आयात बढेको भन्सारका अधिकारीहरुले बताएका छन् ।

Leave a Reply