नरेश गुप्ता

बरियारपुर,श्रीमान्ले दोस्रो बिवाहा गरेर बिचल्लीमा पारेपछि बारामा एकजना महिला यतिबेला न्यायको खोजीमा भौतारिदै हिडेकी छिन । ती महिलासंगै उनका दुईवटा सन्तानको पनि बिचल्ली भएको छ ।

प्रहरी हवल्दार संजय ठाकुरले अर्को श्रीमती ल्याएपछि जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ कचोर्वा टोलकी उषाकुमारीको बिचल्ली भएको हो । उषा र प्रहरी हवल्दार ठाकुर १५ वर्षअघि बैवाहिक सम्बन्धमा बाँधिएका थिए । श्रीमानले छाडेपछि उषा अहिले गाउँका एकजना मानव अधिकारकर्मीको घरमा आश्रय लिएर बस्दै आएकी छिन । उषाको २ छोरा पनि साथमा छन । जोठो छोरा १२ वर्षको भइसकेको छ ।

कान्छी श्रीमती ल्याएर आफु र छोराहरुलाईसमेत खान, लाउनबाट समेत बञ्चित गरेपछि उषा यतिबेला श्रीमान विरुद्ध बारा जिल्ला अदालतमा अंश दाबी र बहुबिवाहमा मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यलय बारामा धाइरहेकी छिन । तर उषाले न्याय पाउनुको साटो उनलाई न्याय दिलाउन सहयोग गर्दै आएकी महिला अधिकाकर्मी बिनिता बख्रेनमाथि हवल्दार ठाकुरका आफ्न्तहरुले सिम्रौनगढको हरनैया चौकमा कुटपिट गरेका छन । प्रहरी हवल्दार संजय ठाकुर हाल जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत छन ।

त्यसैगरी प्रहरीबाट नै प्रताडित बन्दै आएकी बाराको महागढीमाई नगरपालिका वडा नम्बर ९ बलुवाकी सरिता देबी रामको कथा पनि उस्तै छ । रामको धार्मिक परम्परा अनुसार सोहि ठाउँका रघुवीर रामसंग बिवाहा भएको थियो । तर रामसंग बिवाहा भएको केहि समयपछि गाउँका प्रहरी जवान निरंन्जन यादवले उनलाई ललाइफकाइ भगाएका थिए । १० वर्षसंगै राखेपछि यादबले पनि अहिले उनलाई छोडेका छन । ‘१० वर्षसम्म घरबाट भगाएर संगै राख्यो, सरिताले भनिन, तर अहिले छाडेर बिचल्लीमा पारेको छ ।’ उनले पनि यादबले आफुमाथि अन्याय गरेको र घरको न घाटको बनाएर छाडेको बताइन ।

सरितालाई न्याय दिलाउन भनेर स्थानीय प्रहरी चौकीमा पटकपटक छलफल हुदा पनि उनले न्याय प्राप्त गर्न सकेकी छैनन । यादबविरुद्ध जिल्ला प्रहरी कार्यलय बारामा उजुरी दिने प्रयास गरेको भएपनि अहिलेसम्म शंभव नभएको सरिताले बताइन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने प्रहरलिे पीडित पक्षलाई न्याय दिलाउने कार्यमा सहयोग गर्ने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here