वीरगन्ज चिनी मिल बन्द भएपछि यहाँका उखु कृषकहरु मारमा परेका थिए । एक प्रकारले भन्ने हो भने यहाँका उखु कृषकहरुले यो खेती नै बन्द गरेर गाँजा तथा अफीम खेती गरेका थिए । यसमा कृषकहरु दोषि थिएनन् भइरहेको चिनी मिल बन्द गर्ने तत्कालिन सरकारको कमजोरी थियो र फेरि चिनी मिल संचालन गर्ने सोच नहुनु अन्य सरकारहरुको कमजोरी थियो ।पर्सामा चिनी मिल अहिले पनि छैन तर छिमेकी जिल्लाहरुमा छ । बारामा रहेको रिलायन्स उधोगले एक वर्षमा राम्रो उखु क्रसिंग गरेको छ । पर्साको समेत उखु बारामा लैजानु पर्ने कृषकहरुको बाध्यता छ । यही बाध्यताका बीचमा रिलायन्समा कृषकहरुले उखु बेचिरहेका छन् । यो कृषक र उखु मालिकका लागि नै फाइदाको कुरा हो ।तर पनि अझै कृषकहरुहरुलाई भनेको जस्तो भएको छैन । कृषकहरुले उखुको भुक्तानी राम्रोसंग पाएका छैनन् । त्यसैले अब चिनी मिलहरुलाई पनि बलियो बनाउन आवश्यक छ । चिनी मिल राम्रोसंग संचालन भए मात्रै उखु पनि क्रसिंग हुने हो र कृषकहरुलाई पनि फाइदा हुने हो । त्यसैले कम्तीमा छिमेकी जिल्ला बारामा रहेका यो उद्योगको संरक्षण गर्न आवश्यक छ ।

 

 

Leave a Reply