कृपा संवाददाता
हेटौंडा – पश्चिम मकवानपुरको राक्सिराङ्ममा लडेर बेहोस भएका एक जनाको मृत्यु भएको छ । गैरसरकारी संस्थाबाट राहत वितरणका लागि गएका एक जनाको लडेर बेहोस भएपछी अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलिङमा राहत वितरणका लागि गएका एकको जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनकुटा प्रखिबासका अन्दाजी ५० बर्षीय खडक बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले बताए । दिगो बिकासका लागि एकता नेपाल नामक संस्थाबाट राहत वितरणका लागि राक्सिराङ ६ पुगेका कटुवाल एक्कासी लडेर बेहोस भएका थिए ।