दुष्यन्त चौधरी

कलैया,सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा हालैमात्र संचालनमा आएको लाइफ हेल्थकेयरले पत्रकार तथा गरीबलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने जनाएको छ ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर बब्ली मिश्रा पाण्डेयले सोमबार हेल्थकेयर उद्घाटन कार्यक्रममा बोल्दै गरीब तथा पत्रकारहरुको निःशुल्क उपचार गरिने बताउनुभयो ।

त्यसैगरी हेल्थकेयरले जेष्ठ नागरिकलाई विशेष छुटसँगै ल्याब, ओ. पि. डि. सेवामा पनि छुट दिने लाइफ हेल्थकेयरको प्रशासनले जानकारी दिएको छ । हेल्थकेयरले ओ. पि. डि. मा ४० प्रतिशत, ल्याबमा ४० प्रतिशत । असहायलाई ५० प्रतिशत छुटमा उपचार गरिने स्त्री तथा प्रसुति विशेषज्ञ पण्डेयले जानकारी गराउनुभयो । लाईफ हेल्थकेयरमा अन्य विशेषज्ञ डाक्टरलाई समेत ल्याएर गरिब, असहाय तथा जेष्ठ नागरिकको सर्वसुलभ रुपमा भरपोर्दो उपचार सेवा उपलब्ध गराउने उहाँको भनाइ थियो ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा सन्चालनमा आएको लाइफ हेल्थकेयरमा ल्याब, भिडियो एक्सरे, इसिजी, अल्ट्रासाउन्ड लगायतको समेत सुबिधाहरु छन् । आफुले अन्य डाक्टर जस्तो पैसा कमाउनको लागि नभइ सर्वसाधारणलाई सेवा प्रदान गर्नको लागि लाईफ हेल्थकेयर संचालनमा ल्याएको विशेषज्ञ पाण्डेयको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here