रौतहट, १४ असोज– रौतहटको चन्द्रनिगाहापुरमा बाघको आक्रमणमा एक युवाको मृत्यु भएको छ ।  २ जना युवक घाइते बनेका छन ।

चद्नपुर नपा—६ चिम्नि टोलका का २७ बर्षिय संगम भण्डारीको घाँस काट्न जंगल जाँदा बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि हेमबहादुर शाहीले बताउनुभयो ।

मंगलबार रंगपुर साझेदारी बन उपभोक्ता समुहको जंगल क्षेत्र भित्र घाँस लिन गएका २८ बर्षिय भण्डारी रातीसम्म घर नआएपछि स्थानीय एक समुह उन्को खोजीमा जंगल गएको थियो । खोजीमा गएका स्थानीयलाइ समेत राती बाघले आक्रमण गर्दा २ जना घाइते भएका छन ।

बाघको आक्रमणबाट स्थानीय अशोक थापा र प्रबिण श्रेष्ठ घाइते भएका हुन् । उनीहरु दुबैको स्थानीय चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । डिएसपि शाहीकाअनुसार भण्डारीको शवको कम्मर भन्दा तलको भाग बाघले खाएको अवस्थामा जंगलमा फेला परेको हो ।

मंगलबार राती बाघले आक्रमण गरि २ जनालाई घाइते बनाएपछि बुधबार बिहान भण्डारीको खोजी गर्दा शव फेला परेको डीएसपी शाहीले बताउनुभयो ।

Leave a Reply