निजगढ,बढ्दो सवारीसाधनको चापसँगै राजमार्गका पुलहरु फराकिलो बनाउन नसक्दा बारामा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सवारीसाधनको चापसँगै विगत लामो समययता राजमार्गका पुलहरुमा ट्राफिक जाम हने समस्या बढेको हो । पुल साँघुरो र सवारी साधनको चाप बढी भएपछि निजगढस्थित बकैया, धन्सार र पसाहलगायत जिल्लाका विभिन्न स्थानमा रहेका पुलहरुमा सवारी साधन घण्टौंसम्म जाममा पर्ने गरेका छन ।
ठुला गाडीहरु एकतर्फी मात्रै चाल्ने क्षमता भएका यी पुलहरुमा दोहोरा सवारी चलाउन थालिएपछि जाम हुने गरेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा जिल्लामा मात्रै साना तथा ठुला गरेर एक दर्जन बडी पुल छन । यस क्षेत्रमा रहेका अधिकांसं पुल साँगुरो र जीर्ण भएर सवारी जाम बढने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक बिपिन ओझाले बताउनुभयो । उहाँले पुलहरुमा हुने सवारी जाम नियन्त्रण गर्न दैनिक रुपमा कार्यालयबाट प्रहरीहरु खटाईदै आएको पनि जानकारी दिनुभयो । निरीक्षक ओझाले नयाँ र फराकिला पुल निमार्ण नभएसम्म सवारी जाम हुने समस्या हल नहुने पनि बताउनुभयो ।
पुलको अैसत आयु ५० देखि ६० बर्षको हुने बताइन्छ तर बारामा निमार्ण भएका अधिकांश पुलहरु करिब ७० बर्ष पुराना भएका छन । कम सवारी साधान चल्ने तत्कालिन अवस्थामा डिजाइन गरिएका पुलहरुले हालको सवारी चापलाई धान्न नसकेर जाम हुने गरेको ट्राफिक प्रहरी निरीक्षक ओझाले बताउनुभयो ।