सिंगौल,बाराको निजगढ नगरपालिका– १ सिंगौलस्थित शिक्षाशक्ति नमूना आधारभूत विद्यालय हाताभित्र माओवादी द्वन्दकालमा मृत्यु भएका एक लडाकुको शालिक निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका छन ।माओवादी सशस्त्र द्वन्दको क्रममा ज्यान गुमाएकी माओवादी कार्यकर्ता शान्ति पराजुली ‘नमूना’ को निजगढ नगरपालिका कार्यपालिका लक्षित कोषको ३ लाख रुपैया बजेट खर्चेर शालिक निर्माण गर्न लागिएपछि उक्त योजना रोक्नुपर्ने माग गर्दै स्थानीयले हस्ताक्षर गरेर निजगढ नगरपालिका कार्यालयमा संयुक्त निवेदन दिएका हुन । निवेदनमा विद्यालय जस्तो शंवेदनशील र शान्ति क्षेत्रमा कुनै राजनीतिक दल विशेषको लडाकुको शालिक निर्माण गर्न नहुने भनिएको छ ।नेकपा एमाले निजगढ वडा नम्बर १ वडा कमिटीका अध्यक्ष कुमार खड्काले विद्यालय हाताभित्र माओवादी लडाकुको शालिक निर्माण गर्नु उपर्युक्त नहुनेभन्दै निर्माण कार्य रोक्न माग गर्दै स्थानीयको तर्फबाट निजगढ नगरपालिका कार्यालयमा उजुरी दिइएको बताउनुभयो ।
पराजुलीको शसस्त्र द्वन्दको क्रममा ०६१ सालमा निजगढ १० स्थित भालु खोलामा नेपाली सेनासंगको भिडन्तमा मृत्यु भएको थियो ।


















