कृष्णमोहन साह

सेढवा, १ भदौँ– पर्साको जिराभवानी गाउँपालिकाबाट सशस्त्र प्रहरीले लागुऔषध नाइट्रोभेट ट्याबलेटसहित एक जनालाई नियन्त्रणमा लिएको गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक सिंहवीर मल्लको नेतृत्वमा गएको गस्ती टोलीले सोमबार बेलुका जिराभवानी गाउँपालिका वार्ड नम्बर १ महादेवपटीको बलुवामा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट बिआर २२ डि ७७०८ नम्बरको मोटरसाइकलबाट आउदै गरेका पर्सा जगरनाथपुर गाउँपालिका वर्डा नम्बर ४ बस्ने फुलवान मियाँलाई ४५ पिस प्रतिबन्धित नाइट्रोभेट ट्याबलेटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई मोटरसाइकल र ट्याबलेटसहित आवश्यक कारवाहीकोलागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पठाइएको सशस्त्र प्रहरी निरीक्षक सिंहवीर मल्लले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here