बरियारपुर,सशस्त्र प्रहरी बेस क्याम्प बरियारपुरले बरामद गरेो अवैध घरेलु मदिरा बिहीबार नष्ट गरेको छ । सशस्त्र प्रहरी निरीक्षक ओमप्रकाश ढकालको कमाण्डमा रहेको टोलीले महागढीमाई नगरपालिका वडा नम्बर २ भुतही पुल नजिक सडकबाट अन्दाजी २० लिटर घरेलु मदिरा बरामद गरेको थियो । बाराको पिलुवाबाट ना २ ह ३३५ नम्बरको अटोमा दुईजना महिलाले ल्याएको घरेलु मदिरा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो । सवारी चेकजाँचको क्रममा दुईवटा ग्यालिनमा लुकाइछिपाई ल्याएको अवस्थामा सो घरेलु मदिरा बरामद भएको हो ।

बाराको उत्तरी भेगमा उत्पादन भएको अवैध घरेलु मदिरा सदरमुकाम कलैया, बघवन, बरियारपुर र जिल्लाको दक्षिणी सिमा क्षेत्रका बजारका विभिन्न होटेलमा पुर्याएर बिक्री हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here