निजगढ,निजगढ नगरपालिका वडा नम्बर २ स्थित सुकेपोखरीमा माछा मार्न गएका एक पुरुषको बिहीबार डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर २ का वर्ष ३४ का तिर्थलाल कुँवर कछडिया रहेका छन ।

श्रीमति र साथीहरुसंग माछा मार्न भनेर पोखरीमा पसेका उनको दिउसो १ बजे मृत्यु भएको प्रहरीले बताएको छ । पोखरीमा पसेको लामो समयपछि पनि ननिस्किएपछि आफन्तले उनको खोजी गरेका थिए । पोखरीमा हराएको झण्डै १ घण्टापछि उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताउनुभयो । प्रहरी र स्थानीयको सहयोगमा कछडियाको शव पोखरीबाट निकालिएको थियो । पोखरीको हिलोमा गाढिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

मृतकको शब रौतहटको चन्द्रपुर अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here