कृपा संवाददाता
बीरगंज – वीरगंजमा रगत विरामीहरुका लागि चेकजांच कार्यक्रमको आयोजना हुने भएको छ । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले चैत्र १२ र १३ गते यहांका दिनदुखि रहेका व्यतिmहरुलाई शुलभ स्वास्थ्य व्यस्था पुर्याउनका निम्ति स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
रगत क्यान्सर तथा रगत सम्बन्धि खर्चिलो उपचारहरु सहज,शुलभ तथा निशुल्क रुपमा फाउण्डेशन पर्साले उपचारको व्यवस्था गर्ने भएको छ । भारतको दिल्ली फोर्टिस अस्पतालका प्रख्यात हेमाटोलोजिस्ट डा.सन्तोष राउत आउने भएका छन ।
नेपालमा हेमाटोलोजि रगत सम्बन्धि विरामी बढी रहेको र उपचार खर्चिलो भएको कारणले जी.पी.कोईराला फाउण्डेशन पर्साले दिल्लीका प्रख्यात हेमाटोलोजिष्ट डा.सन्तोष राउतलाई नेपालमा ल्याई दुई दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
आज जी.पी.कोईराला फाउण्डेशन पर्साका सभापति मोहम्मद सहाबुदिनको अध्यक्ष्तामा बसेको बैठकले निशुल्क स्वास्थ्य शिविरको र्निणय गरेको छ । बैठकमा फाउण्डेशनका सह सचिव मिन्टु देवि सिंह कोषाध्यक्ष मनोहर कुमार साह, मनोज पटेल ,सन्तोष सिंह, बाबुनन्द प्रसाद पटेल, जितेन्द्र सिंह ,धिरज कुमार गुप्ता तथा विशेष उपस्थितिमा प्रेस युनियन पर्साका कोषध्यक्ष इरफान अली, नेपाली काग्रेसका बुथ सभापति शेख निजामुदिन जनस्वास्थ्य पर्साका एच ए जयमोद ठाकुर,सुनिल सिंह लगायतका उपस्थिति रहेका थिए ।