निजगढ,प्रहरी र वन कार्यालयको संयुक्त टोलीले बिहीबार निजगढ नगरपालिका वडा नम्बर १ बाट घरमा चिरान गर्दै गरेको अवस्थामा ११.२५ क्विफिट सखुवाको काठ बरामद गरेको छ ।

राष्ट्रिय वनबाट चोरी गरेर ल्याएको काठ घरमा राखेर चिरान गरिरहेको भन्ने सूचनाको आधारमा सब डिभिजन वन कार्यालय निजगढ र ईलाका प्रहरी कार्यालय निजगढबाट गएको सुरक्षाकर्मीको संयुक्त टोलीले बिहिबार साँझ सो परिमाणको २ थान सखुवाको गोलिया बरामद गरेको सब डिभिजन वन कार्यालयका प्रमुख रघुनाथ दासले जानकारी दिनुभयो । सुरक्षाकर्मीलाई देखेपछि काठ चिरानमा संलग्न व्यक्तिहरु भने फरार भएको र उनीहरुको खोजी भइरहेको उहाँले बताउनुभयो । बरामद काठ सब डिभिजन वन कार्यालय निजगढमा ल्याएर राखिएको छ ।

Leave a Reply