बरियारपुर, ९ साउन– भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट बाराको आदर्श कोतवाल गाउँपालिकामा एक ८ बर्षिय बालकको शुक्रबार मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते स्थानीय राजु साहका ८ बर्षिय छोरा नितेश कुमारको उपचारको क्रममा महेन्द्र आदर्श चिउटाहा अस्पतालमा मृत्यु भएको हो । घरअगाडिको सडकमा खेलिरहेका बालकलाई बिआर ३० एफ ५२१८ नम्बरको भारतीय मोटरसाइकलले आदर्श कोतवाल गाउँपालिका– ६ पटेर्वास्थित सडकमा ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल चालक सर्लाही गोरेटा नगरपालिका– ४ सिसोट निवासी जयप्रकाश साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here