कलैया,बारा जिल्लामा स्थानीय प्रशासनले डिजे साउण्ड प्रयोगमा असोज १ गतेखि प्रतिबन्ध लगाउने भएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै बारा जिल्लामा असोज १ गतेदेखि डिजे साउण्ड बजाउन नपाइने जनाएको छ । जिल्लाका विभिन्न स्थानमा हुने राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका कार्यक्रम, सभा समारोह र उत्सवमा चर्को स्वरमा डिजे साउण्ड बजाउदा त्यसले ध्वनी प्रदुषण भएर विद्यार्थीहरुको पठन पाठनमा असर परेको तथा शान्ति सुरक्षा र सामाजिक सद्भावमा समेत खलल पुगेकोले असोज १ गतेदेखि डिजे साउण्ड बजाउन प्रतिबन्ध लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ अन्तर्गत यो आदेश जारी गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले यदि कसैले स्थानीय प्रशासनको आदेशलाई अटेर गरि कुनै पनि स्थानमा डिजे साउण्ड बजाएको पाइए डिजे साउण्ड सिस्टिम जफत गरि सन्चालकलाई पक्राउ गरि प्रचलित ऐन कानुन अनुसार कार्वाही गरिने चेतावनी पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here