सिमरा,पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट नेपाली सेनाको टोलीले मंगलबार १ सय ४ किलो गाँजासहित एकजना तस्करलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ स्थित हाँडी खोला घर भएका वर्ष २८ का बुद्धबहादुर ब्लोन रहेका छन् । पर्सा राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मी र नेपाली सेनाको संयुक्त टोलीले सो परिमाणको गाँजासहित उनलाई निकुञ्जको कोर एरियाको रुपमा रहेको भैंसे खोला ईलाकाबाट पक्राउ गरेको हो । चारजनाको संख्यामा रहेका गाँजा तस्करहरूलाई देखेपछि गस्ती टोलीले लखेट्ने क्रममा तीनजना तस्करहरू गाँजाको पोका फ्याँकेर भागेको र १ जनालाई नियन्त्रणमा लिइएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संतोष भगतले बताउनुभयो ।

१० वटा पोकामा रहेको १ सय ३ किलो गाँजा र तस्कर ब्लोनलाई गस्ती टोलीले नियन्त्रणमा लिएर निकुञ्जमा बुझाएको छ । निकुञ्जबाट अनुसन्धान गरि थप आवश्यक कारबाहीको लागि पर्सा प्रहरीको जिम्मामा लगाइएको सूचना अधिकृत भगतले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here