राजन कुमार बानिया

पाेखरिया –  पर्सामा चट्याङबाट बच्नका लागि भाग्ने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका–२ बहुअर्वाका ४२ वर्षीय रामबाबु महतो नुनिया रहेका छन् । घरदेखि पश्चिमतर्फको आँपको बगैँचामा काम गरिहेको समयमा आकाशमा गड्याङगुडुङ गर्दै चट्याङसहित पानी पर्न थालेपछि उनी ज्यान जोगाउन भाग्ने क्रममा लडेका थिए । बिहान साढे ९ बजेको समयमा परेको चट्याङ लागेर उनको मृत्यु भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् ।

 

 

 

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्रबहादुर शाहीले मृत्युको कारण यकिन हुन नसकेको बताए । मृत्यु भएको सही हो तर चट्याङले लागेर हो वा डरले भाग्दा लडेर हो । यकिन हुन सकेको छैन। उनले भने, ’पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुन्छ । शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ । साथै घाइते भएका अर्का एक जना भने स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन् ।

Leave a Reply