सिमरा,नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७३औं जयन्तीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले शुक्रवार सिमरामा वृक्षारोपण र विचार गोष्ठी कार्यक्रम आयोजना गरेका छन ।

अनेरास्ववियु बाराले डुमरवाना क्याम्पस प्राङ्गणमा स्वर्गीय नेता भण्डारीको स्मृतिमा वृक्षारोपणको गरेको हो भने नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले विचार गोष्ठीको आयोजना गरेको हो ।डुमरवाना कलेजमा भएको वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, एमाले केन्द्रीय सदस्य बलवीर चौधरी, सरस्वती चौधरी, एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, प्रदेश कमिटी सदस्य किशोर शर्मा, ढुण्डिराज उप्रेती, एमाले जिल्ला कमिटीका उपाध्यक्ष भुलन चौधरी, उपसचिव जवाहिर अन्सारी, जिल्ला सदस्य सीमा ठकुरी, एमालेका युवा नेता त्रिलोकविक्रम शाह, अर्जुन रसाइली, रवीन्द्र खकुरेल, राजकुमार थापा, अनेरास्ववियुकी केन्द्रीय सदस्य लक्ष्मी तिमिल्सिना, कलेजका अध्यक्ष अनिल मैनाली, कलेज प्रमुख राधेश्याम सिवाकोटी, कलेजका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । अनेरास्ववियुका जिल्ला अध्यक्ष सरोज खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्न ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याउनुभएका भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।
त्यसैगरी भण्डारीको ७३औं जन्मजयन्तीमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले शुक्रवार विचार गोष्ठीको आयोजना गरेको छ । एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सामन्तवाद र साम्राज्यवादको शोषण उन्मुलन गरी जनताको जनवादी व्यवस्था कायम गर्नु जनताको बहुदलीय जनवादको केन्द्रीय कार्यभार भएको स्पष्ट पार्नुभएको थियो ।पौडेलले जनताको हातमा सम्पूर्ण सत्ता केन्द्रीत गरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा आधारभूत जनवादी सुधार र परिवर्तन गर्न सकिने बताउनुभयो ।कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, प्रदेश कमिटी सदस्य सुन्दर विक, ढुण्डिराज उप्रेती, समग्र उद्योगका केन्द्रीय अध्यक्ष आनन्द थामीलगायतले मदन भण्डारीका विचारको बारेमा प्रष्ट पारेका थिए ।जिफन्ट मधेस प्रदेश कमिटीका अध्यक्ष कमलेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण मुक्ति चौधरीले गर्नुभएको थियो ।

Leave a Reply