कलैया,समयमै एसी मर्मत नगरेको रिसमा ग्राहकले प्रहार गरेको बियरको बोतलले लागेर बाराको कलैया उपमहानगरपालिका– ५ अस्पताल रोडका एकजना पसले आइतवार घाइते भएका छन ।कलैया– ४ निवासी साहिल साहले करिब दुई वर्षअघि मर्मतको लागि दिएको स्याम्सुङ्ग कम्पनीको एसी तोकिएको समयमा मर्मत नगरिएको भन्दै पसल संचालक सन्तोषकुमार साह र साहिलबीच भनाभन भएको थियो । सोही विषयमा विवाद बढदै गएपछि उनीहरुबीच झडप भएको थियो । झडपको क्रममा साहिलले सञ्चालक साहको टाउकोमा बियरको बोतल प्रहार गरेका थिए ।

घाइते सन्तोषको प्रादेशिक अस्पताल कलैयामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल वीरगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय राज पण्डितका अनुसार बियरको बोतल प्रहार गर्ने साहिल साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ ।

Leave a Reply