बरियारपुर,जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत दुईजना प्रहरी नायब निरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले नायब निरीक्षकहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।
प्रहरी महानीरीक्षकको गत पुष १४ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी नायव निरीक्षक रामहरी अधिकारी र धर्मेन्द्र पौडेललाई दज्र्यानी चिन्हबाट गरिएको हो । सो अवसरमा बाराका प्रहरी प्रवक्ता राजेश थापालगायत प्रहरी अधिकृतहरुको पनि सहभागिता रहेको थियो ।