कलैया,कलैया उपमहानगरपालिकाकी उपमेयर रहिमा खातुनले बरेवास्थित श्रीदुर्गा माध्यमिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको उदघाटन गर्नुभएको छ ।

शिक्षा विभागबाट विद्यालय सुधार योजना अन्तर्गत प्राप्त बजेटबाट सो भवन निर्माण भएको हो । ३९ लाखको लागतमा निर्माण गरिएको २ तले र चार कोठे भवनको रिबन काटेर उपमेयर खातुनले उदघाटन गर्नुभएको विद्यालयका शिक्षक उमाशंकर यादबले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवधेशप्रसाद यादबको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वडा अध्यक्षहरु, नेपाली काङ्ग्रेस बाराका सभापती जयचन्द्र चौरसिया, पूर्वमन्त्री कलावती पासवान, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद बर्नवाल, प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी, नेमकिपा बाराका अध्यक्ष मुक्ति यादब, नेपाल क्षय रोग निवारण संस्थाका अध्यक्ष सुरेश मोदक, रोशन यादब, प्रधानाध्यापकहरु मनोज साह, देबेन्द्र गिरी, नरेन्द्र गिरी, प्रदिप साह लगायतको उपस्थिति रहेको थियो । विद्यालयमा प्रयोगशाला भवन निर्माणको क्रममा रहेको र प्रशासनिक भवन, चमेना गृह, आधारभूत भवन तथा छात्राबास निर्माण गर्न बाँकी रहेको विद्यालयका प्रधानाध्यापक मनोज यादबले बताउनुभयो ।

प्रधानाध्यापक यादबले स्वागत गरेको कार्यक्रमको सन्चालन शिक्षक पवनकुमार यादबले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here