वीरगन्ज, १६ कात्तिक । “बिना चश्मा दृष्टि सम्भव छ’ भन्ने नाराका साथ वीरगन्ज सामुदायिक आँखा केन्द्रमा शनिबार रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।

तिलगंगा आँखा प्रतिष्ठानका रेफ्रेक्टिभ, कर्निया तथा क्याटर्याक्ट सर्जन डा। सागर रुइत र डा। पुरुषोत्तम ढुंगानाको नेतृत्वमा सम्पन्न कार्यक्रममा ७२ जना बिरामीको आँखा परीक्षण गरिएको वीरगन्ज सामुदायिक आँखा केन्द्रका मेडिकल कोअर्डिनेटर महेश सिंह धामीले जानकारी दिए।

परीक्षणमा सहभागीमध्ये ६ जना बिरामीमा दृष्टिदोष (अपवर्तन त्रुटि) पाइएको र प्रारम्भिक रिपोर्टअनुसार उनीहरू रेफ्रेक्टिभ सर्जरीका लागि उपयुक्त देखिएको धामीले बताए। ती बिरामीहरूलाई थप उपचारका लागि तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंमा सर्जरीका लागि सिफारिस गरिएको छ।

कार्यक्रमले वीरगन्ज क्षेत्रका बासिन्दालाई आधुनिक आँखा उपचार सेवामा पहुँच विस्तार गर्न र दृष्टि सुधारका नयाँ अवसर प्रदान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply