पोखरा नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थल हो । त्यसो त सिमरा पनि मध्य तराईको एक महत्वपूर्ण स्थान हो । यी दुईबीचको सम्बन्ध एकदमै प्रगाढ र महत्वपूर्ण छ तर बुधबारबाट झनै यसलाई महत्वपूर्ण बनाउने प्रयास भएको छ । पोखरा र सिमरा सिधा हवाइ सेवा संचालन भएपछि यी दुई भूगोलको सवालमा थप आयाम सृजना भएको छ अनि यी दुईक्षेत्रका नागरिकहरुको भावनालाइक्षर्् अब समेट्न सकिनेछ ।
राजनीतिक स्वार्थले बेला बेलामा तराई र पहाडबीचको सम्बन्ध बिगार्ने प्रयास पनि गरिन्छ त्यसको प्रतिकार स्वरुप पनि हवाइ सेवा शुरु भएको छ । यसले भारतीय पर्यटनकहरुलाई पनि नेपालको कुना कुनामा लैजान सकिन्छ । जति पर्यटन भित्राउन सक्यो त्यही नै फाइदा हुने हो तर राजनीतिक दलहरुले यो कुरा बुझेर पनि समुदायमा बिभेद ल्याउने काम गर्दछन् ।
यस्ता बिषयमा सबै नागरिकहरु सचेत हुने हो भने सिमरा पोखरा हवाइ उडानले दिने फाइदा अन्य स्थानबाट पनि लिन सकिन्छ । त्यसैले पनि सिमरा र पोखरा हवाइ सेवा आफैमा उक महत्वपूर्ण आयाम हो । हरेक हिसावले यो महत्वपूर्ण छ । यसलाई दिगो र टिकाउ बनाउन आवश्यक छ ।