बिदुर खडका

डुमरवाना,प्रदेस दुईका भुमि, व्यवस्था, कृषि र सहकारी मन्त्री शैलेन्द्र साहले विगतमा प्रदेस दुईका किसानले उब्जाएको खाद्यान्न विदेशमा निर्यात हुने गरेको भएपनि हाल आएर उल्टै आयत गर्नु पर्ने अवस्था उत्पन्न भएको बताउनुभएको छ । मन्त्री साहले साना किसान कृषि सहकारी संस्था डुमरवाना, मौलापुरको कृषि उपज भण्डारण पुर्वाधार निर्माण केन्द्रको सिलान्यास कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।

मन्त्री साहले शासक वर्गको गैह्जिम्मेवारीपनाले तराई क्षेत्रको कृषि उत्पादनमा हस आएको पनि बताउनुभएको छ । देशलाई कृषि प्रधान भनिए पनि किसानको समस्यामाथि संघीय सरकारले कुनै काम गर्न नसकेको पनि बताउनुभयो । मन्त्री साहले किसानहरुले पनि निर्वाहामुखि भन्दा व्यावसायमुलक खेति गरेर प्रदेशलाई संम्बृद्धितर्फ लैजानु पर्नेमा जोड दिनुभयो ।

मन्त्री साहले सहकारीको माध्यमबाट समाज र सस्कृति पनि बदल्न सकिने भएकोले सरकारले पनि तिन खंम्बे अर्थतंन्त्रको नितिअनुसार सहकारीलाई पनि एउटा खम्बाको रुपमा लिएको बताउनुभयो । उहाँले प्रदेसलाई आर्थिक संम्बृद्धितर्फ अगासढ बढाउन सहकारी क्षेत्रको भूमिका महत्वपुर्ण हुने जनाउनुभएको छ ।

प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा ५० लाख लागतमा निर्माण हुन लागेको कृषि उपज भण्डारको सिलान्यास कार्यक्रममा बारा क्षेत्र नं. ३ ख प्रदेश सदस्य पारस साह, बारा २ ख का सदस्य बच्चा यादब, जसपा बाराका नेता, कार्यक्रर्ता र बिभिन्न पार्टीका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो

भण्डार निमार्ण समितिका संयोजक प्रदिप बरालले स्वागत गरेको कार्यक्रमको संञ्चालन मुख्य प्रवन्धक नारायण क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता कुषि सहकारी संस्थाका अध्यक्ष बिश्वनाथ लामिछानेले गर्नुभएको थियो । यसैबीच पोखरिया सम्बाददाताका अनुसार मन्त्री साहले वीरगन्ज महानगरपालिका वडा नं. २७ उदयपुरघुर्मीस्थित साना किसान कृषि सहकारी संस्थाको कृषि उपज भण्डारण केन्द्रको पनि सोमबार नै शिलान्यास गर्नुभएको छ । कृषि उत्पादनलाई स्थानीय स्तरमा भण्डारण गर्ने स्थान नभएर समस्या बेहोर्दैै आएका किसानहरुलाई राहत दिन कृषि विकास निर्देशनालय नकटाझिज धनुषाबाट कृषि उपज भण्डारण केन्द्रको लागि लागत सहभागितामा भवन निर्माण गर्ने योजना अनुरुप भण्डारण केन्द्रको निर्माण कार्य सुरु गर्न लागिएको हो ।

प्रदेश नं. २ कृषि प्रधान प्रदेश भएकोले यहाँ कृषिमा प्रचुर सम्भावना भएको हुदा यसमा निजि, सहकारी र सरकारी माध्यमबाट सम्बृद्ध प्रदेश बनाउन सकिने भएकोले प्रदेश नं. २ को सरकारले कृषि र कृषकहरुको विकासको लागि कृषि उपज भण्डारण केन्द्र, कृषि उपज संकलन केन्द्र, कृषि यन्त्र प्रवद्र्धनका लागि कस्टम हायारिंग, कृषि सडक, सोलार पम्प, कृषि विधुतीकरण, प्रांगारिक तथा जैविक मल कारखाना, कृषि उद्योग तथा पशुपालन र दुध जन्य जस्ता बिभिन्न कार्यक्रमहरु अघि सारेको बताउनुभएको छ । सिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य प्रह्लाद गिरी, करिमा बेगम, राजेश्वर साह, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिवकुमार साह, कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल रौनियार, भेटेनरी अस्पाताल पर्साका प्रमुख सहतराम मौर्य, बागवानी अधिकृत श्यामकिशोर कुर्मी, साना किसान कृषि सहकारी संस्था लि. वडा अध्यक्ष हृदयानरायण कुर्मी, सहकारीकर्मीहरु र सर्वसाधारण किसानहरुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here