कृपा संवाददाता
हेटौंडा , २१ कार्तिक । उच्च अदालत पाटन हेटौंडा इजलासमा चालु आर्थिक वर्ष र गत वर्षको जिमेवारी सरेर आएका समेत गरी कुल जम्मा ५ सय ९४ वटा मुद्धा परेका छन् । उच्च अदालत पाटन हेटौंडा इजलासमा मकवानपुर र चितवनबाट पुनरावेदन भएर आएका मुद्धाहरु दर्ता भएका छन् ।

 

अदालतले आज मकवानपुरका सञ्चारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रमका अवसरमा यसबारे जानकारी दिइएको हो । चालु आर्थिक वर्षको साउन एक गते देखि अदालतमा ३ सय १३ वटा नयाँ मुद्धा दर्ता भएका छन् । अरु २ सय ८१ वटा मुद्धा भने गत आर्थिक वर्षको जिमेवारी सरेर आएको उच्च अदालत पाटन हेटौंडा इजलासका रजिष्टार विकास श्रेष्ठले वताउनुभयो । चालु आर्थिक वर्षको बितेको महिना सम्ममा २ सय ८६ वटा र यस कार्तिक महिनामा २७ वटा गरी ३ सय १३ वटा मुद्धा दर्ता भएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा २ सय ४२ वटा मुद्धाको फच्यौट गरिएको छ । अव भने यो अवधिका ३ सय ५१ व्टा मुद्धाको फच्यौट हुन वाँकी रहेको छ ।

 

अदालत र अस्पताललाई वचाउनुपर्छ–मुख्य न्यायधिश पौडेल
उच्च अदालत पाटन हेटौंडा इजलासमा मुख्यभइ कार्यरत न्यायधिश विष्णुदेव पौडेलले राज्यका निकाय मध्यमा सबै भन्दा राम्रो काम अदालत र अस्पतालले गर्नुपर्ने वताउनुभयो । अदालत र अस्पताललाई वचाउनु पर्ने उहाँको भनाई छ । अदालतबाट राम्रो काम हुन्छ भनेर संचारकर्मीले जानकारी गराउनुपर्ने वताउनुभयो । उच्च अदालतमा लक्ष भन्दा धेरै प्रगती भएको न्यायधिश पौडेलले दावि गर्नु भयो । जनताले हेर्ने दृष्टीकोणमा अदालत प्रति राम्रो हुनुपर्ने वताउनुभयो ।

 

कार्यक्रममा अदालतका अर्का न्यायधिश चण्डीराज ढकालले चालु आर्थिक वर्षमा परेका मुद्धा मध्यमा ५० प्रतिशत भन्दा बढी फैसला गरेर कटाउने तयारीमा रहेको जानकारी दिनुभयो । योजनामा राखेका लक्ष पुरा हुनेगरी काम गर्न आफुहरु तयार रहेको वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here