कलैया,बाराको निजगढमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा २० वर्षीय दिनेश चौधरी रहेका छन् ।निजगढ–८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट निस्किएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र।१–०२–००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै चौधरीको ज्यान गएको हो ।मृतक चौधरी कोल्हबी नगरपालिका –३ जुगवा निवासी रहेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।बसले ठक्कर दिएपछि चौधरीले चलाएको मोटरसाइकल ना ३ स ९२३७ नम्बरको इ–रिक्सामा ठोक्किन पुगेको थियो ।मोटरसाइकलले ठक्कर दिएपछि अनियन्त्रित भएको उक्त इ–रिक्सा प्र २–०३–००१ ह १०६६ नम्बरकोअटोसँग ठोक्किएको थियो। रिक्साको ठक्करबाट अटो चालक निजगढ–१२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा–१६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् ।घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक सिरहाका अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here